शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • अपरेशन सिन्दुर

    भारतको आक्रमणबाट कति भयो मानवीय क्षति ?


    हुलाक प्रेस

    • बुधबार, वैशाख २४ २०८२०६:२२
    भारतको आक्रमणबाट कति भयो मानवीय क्षति ?

    काठमाडौँ । पहलगाम आक्रमणको १५ दिन पछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका ९ आतङ्कवादी अड्डाहरूमा हवाई हमला गरेको छ । बुधबार राति करिब १ः३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा 'अपरेशन सिन्दूर' अन्तर्गत आक्रमण गरिएको थियो।

    यी तिनै स्थानहरू हुन् जहाँबाट भारतमा आतङ्कवादी हमलाहरूको योजना बनाइएको थियो र कार्यान्वयन गरिएको थियो। पाकिस्तानबाट प्राप्त स्थानीय रिपोर्ट अनुसार, बहावलपुरमा भएको हवाई आक्रमणमा परी ३० जनाको मृत्यु भारतीय सञ्चार माध्यम दैनिक भास्करले जनाएको छ । 

    पाकिस्तानको इन्टर-सर्भिसेज पब्लिक रिलेसन्सका निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको बताए। 


    प्रतिक्रिया दिनुहोस