बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले बढ्यो, आज कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • बुधबार, वैशाख २४ २०८२११:२०
    सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले बढ्यो, आज कतिमा भइरहेछ कारोबार ?

    काठमाडौँ । बुधबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर कारोबार भएको हो । 

    जसअनुसार बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । मंगलबार तोलामा १ लाख ८९ हजार ९०० कायम थियो । 

    यसैबिच चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि सोही मूल्य कायम भएको हो ।  


    प्रतिक्रिया दिनुहोस