काठमाडौँ । राष्ट्रिय युवा संघ पर्वतको विस्तारित भेलामा झडप भएको छ । जिल्ला भेलामा झडप हुँदा संघका केन्द्रीय सदस्य अर्जुन पौडेल लगायत अन्य नेता घाइते भएका छन् ।
झडपका क्रममा पौडेलको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । अन्य नेताहरु भने सामान्य घाइते भएका छन् ।
अधिवेशन गर्ने कि नगर्ने भन्ने विवादलाई लिएर सोमबार जिल्ला पार्टी कार्यालयमा दुई पक्षबीच झडप भएको थियो ।
आगामी जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुने राष्ट्रिय महाधिवेशनका लागि जिल्ला कमिटी र प्रतिनिधि चयन गर्नुपर्ने आवश्यकताका आधारमा केन्द्रको निर्देशनमा आयोजक कमिटी गठन गर्न भेला बोलाइएको थियो ।