शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • बाल मन्दिर प्रकरण : रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता, ६० करोड बढी मागदाबी


    हुलाक प्रेस

    • बुधबार, वैशाख २४ २०८२०६:१४
    बाल मन्दिर प्रकरण : रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता, ६० करोड बढी मागदाबी

    काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बाल मन्दिर जग्गा हिनामिना प्रकरणमा उप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंहसहित रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले बुधबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो । मुद्दा दर्ता गर्दै ६० करोड बढी रकम मागदाबी गरिएको छ ।

    यसअघि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने रायसहित फायल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको भएपनि महान्यायाधिवक्ताले मुद्दा चलाउने निर्णय गरेका थिए । महान्यायाधिवक्ताको निर्णयपछि अभियोग पत्र दायर गरेको हो । 


    प्रतिक्रिया दिनुहोस