बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पाकिस्तानविरुद्ध सैन्य कारबाहीबारे जानकारी दिन भारतमा सर्वदलीय बैठक बस्यो


    हुलाक प्रेस

    • बिहीबार , वैशाख २५ २०८२१२:५२
    पाकिस्तानविरुद्ध सैन्य कारबाहीबारे जानकारी दिन भारतमा सर्वदलीय बैठक बस्यो

    काठमाडौँ । पाकिस्तानसँग सैन्य टकराबका विषयमा भारत सरकारले अहिले सर्वदलीय बैठक गरिरहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बैठक संसद् भवनमा जारी छ । 

    बैठकमा विपक्षी नेता राहुल गान्धी र मल्लिकार्जुन खड्गेलगायत धेरै नेता सहभागी छन् । बैठकमा सबै पक्षलाई पाकिस्तानविरुद्ध भारतको सैन्य कारबाहीबारे जानकारी गराइनेछ । साथै सीमा सुरक्षासम्बन्धी विषयमा पनि छलफल हुनेछ । 

    मंगलबार राति मात्र भारतले अपरेसन सिन्दूरअन्तर्गत पाकिस्तानका ९ स्थानमा हवाई हमला गरेको छ । 

    भारतले आतंकवादी लुक्ने ठाउँमा आक्रमण गरिएको दाबी गरे पनि पाकिस्तानले सर्वसाधारण बस्ने क्षेत्रमा हमला भएको दाबी गरिरहेको छ । उक्त हमलामा २६ जना नागरिक मारिएको र ४६ जना घाइते भएको पाकिस्तानी सैन्य प्रवक्ताले बताएका छन् ।

    यसैबीच बुधबार बिहान पाकिस्तानले कश्मीर क्षेत्रमा गरेको गोलाबारीमा १५ जना मारिएको र ४३ जना घाइते भएको भारतीय सेनाले जनाएको छ । जसका कारण दुई देशबीच पूर्ण युद्धको खतरा देखिएको छ ।


    प्रतिक्रिया दिनुहोस