शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • निजी स्कुल बसमा आगलागी, विद्यार्थी सकुशल


    हुलाक प्रेस

    • बिहीबार , वैशाख २५ २०८२०१:०६
    निजी स्कुल बसमा आगलागी, विद्यार्थी सकुशल

    काठमाडौँ । रुपन्देहीमा विद्यार्थी बोकेर गुडिरहेको एक निजी स्कुलको बसमा आगलागी भएको छ । गुडिरहेको बसमा एक्कासी आगलागी भएपछि विद्यार्थीलाई बाहिर निकालिएको छ । यान्त्रिक गडबडी भएर आगलागी भएको बस शुद्धोधन गाउँपालिका-४ फर्साटिकरमा सञ्चालित लिटिल फ्लावर बोर्डिङ स्कुलको हो । 

    आगलागीबाट विद्यालयको लु१क १३२६ नम्बरको बस भने पूर्णरूपमा क्षति भएको प्रहरीले जनाएको छ । बसमा लागेको आगो दमकलले निभाएको थियो ।

    गुडिरहेको बसमा करिब ४० जना विद्यार्थी रहेकामा आगो लागेलगत्तै उनीहरुलाई चालक र सहचालकले  बसबाट बाहिर निकालेर मानवीय क्षति हुन नदिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले बताए । ‘घर-घरबाट विद्यार्थी चढाएर विद्यालय नजिक पुगेको बसमा अचानक धुवाँ सहित आगो लागेको रहेछ, लगत्तै चालक, सहचालक र स्थानीयले विद्यार्थीलाई बस बाहिर निकालेर मानवीय क्षति हुनबाट रोके’, डीएसपी कार्कीले भने ।

     


    प्रतिक्रिया दिनुहोस