काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन घोषणा गरेको छ ।
राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै बिहीबार राजधानीमा पत्रकार सम्मलेन गरेर समितिले जनआन्दोलन घोषणा गरेको हो ।
पत्रकार सम्मलेनमा समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरे गर्दै भने, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरुप हुनेछ ।’
समितिले यो आन्दोलन व्यवस्था परिवर्तनका लागि भएको र कुनै सरकार वा सत्तामा रहेका दलहरूको विरोध नगर्ने जनाएको छ ।
घोषणासभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायत उपस्थित छन् ।
समितिले दुई दिन अगाडि बैठक बसेर जनआन्दोलन गर्ने निर्णय गरेको थियो ।