बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भारत र पाकिस्तानमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सभामुखको निर्देशन‍


    हुलाक प्रेस

    • शुक्रबार, वैशाख २६ २०८२०२:१२
    भारत र पाकिस्तानमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सभामुखको निर्देशन‍

    काठमाडौं । सभामुख देवराज घिमिरेले भारत–पाकिस्तान तनावले नेपालीको सुरक्षालगायत पर्न सक्ने समस्याप्रति आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।
    शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सो विषयमा सरकारको ध्यानाकर्षण गरेपछिसभामुखले आवश्यक व्यवस्थापनमा लाग्न आग्रह गरेका हुन् ।

    उनले भने, “भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षालगायत पर्न सक्ने सम्भावित समस्याप्रति आवश्यक व्यवस्थापन गर्न गराउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु” ।

    बैठकमा सांसदहरूले पर्न सक्ने सम्भावित तयारी गर्न र जानकारी गराउन पनि आग्रह गरेका थिए ।


  • सम्बन्धित विषय:

  • # #savamukh
  • प्रतिक्रिया दिनुहोस