बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • समाजवादीका अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार


    हुलाक प्रेस

    • शुक्रबार, वैशाख २६ २०८२०२:३१
    समाजवादीका अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ ।

    उनको मुटुमा समस्या देखिएपछि बिहीबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी एन्जिओप्लास्टी गरिएको हो ।

    मुटुको उपचारपछि उनलाई केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन् ।

    पूर्वप्रधानमन्त्री नेपाललाई सघन उपचार कक्षमा राखिएको छ ।

    उनको स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए । रासस


  • सम्बन्धित विषय:

  • # #madhavkumarnepal
  • प्रतिक्रिया दिनुहोस