बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पाकिस्तानले पनि सुरु गर्‍यो भारतीय सैन्यस्थलमा आक्रमण


    हुलाक प्रेस

    • शनिबार, वैशाख २७ २०८२०९:३८
    पाकिस्तानले पनि सुरु गर्‍यो भारतीय सैन्यस्थलमा आक्रमण

    काठमाडौँ । पाकिस्तानी सेनाले भारतीय सैन्य स्थलहरूमा आक्रमण सुरु गरेको घोषणा गरेको छ । 

    भारतले पाकिस्तानको तीन वायुसेना केन्द्रहरूमा आक्रमण गरेपछि प्रतिक्रियास्वरूप पाकिस्तानी सेनाले भारतमाथि युद्ध विमानबाट हावाबाट जमिनमा मिसाइल प्रयोग गरेको छ । 

    पछिल्लाे आक्रमणको प्रतिक्रियामा पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शनिबार स्थानीय समयानुसार बिहान ३ः१५ बजेदेखि दिउँसो १२ बजेसम्म आफ्नो वायुसीमा बन्द गर्ने निर्णय गरेको छ । 

    भारतीय आक्रमणको जवाफमा पाकिस्तानले भारत नियन्त्रित कश्मीरका विभिन्न स्थान र पंजाबमा आक्रमण गरेको पाकिस्तानी सेनाले बताएको अलजजिराले उल्लेख गरेको छ । 

    बीबीसीका अनुसार भारतको कश्मीरको राजधानी श्रीनगर विमानस्थलनजिक बसोबास गर्ने एक प्रत्यक्षदर्शीले विमानस्थलनजिकै जेट विमानको आवाज सुनेको र त्यसपछि विस्फोटको आवाज आएको बताए । 

    उनले पहिलो घटनाको समय नबताए पनि दोस्रोपटक जेट विमान गुज्रिएको १३ सेकेण्डपछि विस्फोट भएको बताए ।

    विमानस्थलनजिकै बस्ने अर्का प्रत्यक्षदर्शीले स्थानीय समयानुसार बिहान ६ः२० बजे जेट विमानको आवाज र त्यसपछि विस्फोटको आवाज आएको बताए । उनले त्यसपछि धुवाँको लहर देखेको दाबी गरे ।  अलजजिरा 


    प्रतिक्रिया दिनुहोस