बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भारत र पाकिस्तानबिच प्रत्यक्ष वार्तापछि युद्धविराम गर्ने घोषणा


    हुलाक प्रेस

    • शनिबार, वैशाख २७ २०८२०७:०६
    भारत र पाकिस्तानबिच प्रत्यक्ष वार्तापछि युद्धविराम गर्ने घोषणा

    काठमाडौँ । भारत र पाकिस्तानबीच युद्धविराम भएको छ । भारत र पाकिस्तान दुवै मुलुकले युद्धविराम तत्काल लागू भएको घोषणा गरेका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराममा सहमति भएको जानकारी दिएका थिए । 

    पाकिस्तानी विदेशमन्त्री इशाक डारले एक ट्वीट गर्दै युद्धविराम भएको घोषणा गरेका छन् । उता भारतीय विदेशसचिव विक्रम मिस्रीले पनि पत्रकार सम्मेलन गरी युद्धविराम भएको घोषणा गरेका छन् । 

    यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले रातभरको वार्ताबाट युद्धविराममा सहमति भएको बताएका थिए । शनिबारै अमेरिकी विदेशमन्त्रीले भारतीय र पाकिस्तानी विदेशमन्त्री तथा पाकिस्तानी सेना प्रमुखसँग फोनमा वार्ता गरेका थिए । 

    काश्मिरको पहलगाममा एक जना नेपालीसहित २६ जनाको आतंकवादीले हत्या गरेपछि भारतले त्यसको दोष  पाकिस्तानमाथि लगाउँदै मिसाइल आक्रमण गरेको थियो । भारतले आक्रमण गरेको तेस्रो दिन पाकिस्तानले पनि जवाफी आक्रमण गरेको थियो । 


    प्रतिक्रिया दिनुहोस