शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • भारतको दाबी : पाकिस्तानले युद्धविराम सम्झौता उल्लंघन गर्‍यो


    हुलाक प्रेस

    • आइतबार, वैशाख २८ २०८२०७:२०
    भारतको दाबी : पाकिस्तानले युद्धविराम सम्झौता उल्लंघन गर्‍यो

    काठमाडौँ । भारतले पाकिस्तानमाथि युद्धविराम सम्झौता उल्लंघनको आरोप लगाएको छ । दुई देशबीच शनिबार साँझ युद्धविराम घोषणा भएको थियो । 

    त्यसको केही घण्टामै पाकिस्तानले सम्झौता उल्लंघन गरेको भारतको दाबी छ । भारतीय विदेशसचिव विक्रम मिस्रीले शनिबार राति एक विशेष पत्रकार सम्मेलन गर्दै उक्त आरोप लगाएका हुन् ।

    उनले भने, “केही दिनदेखि चलिआएको सैन्य कारबाही रोक्ने सम्झौता आज साँझ भएको थियो । केही घण्टादेखि पाकिस्तानी पक्षले यस सम्झौताको गम्भीर उल्लंघन गरिरहेको छ,” उनले थपे, “भारतीय सेनाले प्रतिकारात्मक कारबाही गरिरहेको र यो सीमाउल्लङ्घनको सामना गरिरहेको छ । यो उल्लंघन अत्यन्तै निन्दनीय छ र पाकिस्तान यसका लागि जिम्मेवार छ ।”

    लगभग दुई मिनेटको यो पत्रकार सम्मेलनमा मिस्रीले भने, “पाकिस्तानले यो स्थितिलाई ठीकसँग बुझ्नेछ र यो उल्लंघन रोक्न तुरुन्त उचित कदम चाल्नेछ भन्ने हाम्रो विश्वास छ ।’

    उनले स्पष्ट पार्दै भने, “भारतीय सेनाले यो स्थितिमा कडा निगरानी राखेको र कुनै पनि उल्लंघनको सामना गर्न ठोस र कडा कदम चाल्ने निर्देशन दिइसकेको छ ।’ बीबीसी हिन्दी


    प्रतिक्रिया दिनुहोस