शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला


    हुलाक प्रेस

    • आइतबार, वैशाख २८ २०८२११:२५
    नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला

    भरतपुर चितवन । इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुलेको छ  । 

    वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३–००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान सो स्थानमा पल्टिएको थियो ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अहिले ट्रक अन्यत्र सारेर सडक एकतर्फी खुला गरेको  र दुर्घटनामा मानवीय क्षति नभएको उहाँले बताउनुभयो । दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्छ । 
    रासस


    प्रतिक्रिया दिनुहोस