शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • नारायणगढ–मुग्लिन सडक दुईतर्फी खुला


    हुलाक प्रेस

    • आइतबार, वैशाख २८ २०८२११:३३
    नारायणगढ–मुग्लिन सडक दुईतर्फी खुला

    काठमाडौं । इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी खुलेको छ  । 

    वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३–००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान सो स्थानमा पल्टिएको थियो ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अहिले ट्रक अन्यत्र सारेर सडक दुईतर्फी खुला गरिएको हो । 


  • सम्बन्धित विषय:

  • # #narayanghartmuglingroad
  • प्रतिक्रिया दिनुहोस