बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सरकारको नीति तथा कार्यक्रम पारित


    हुलाक प्रेस

    • आइतबार, वैशाख २८ २०८२०३:५७
    सरकारको नीति तथा कार्यक्रम पारित
    तस्वीर : रासस

    काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । 

    आइतबार प्रतिनिधिसभा बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

    आज बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमाथि जवाफ दिएका थिए । उनको जवाफपछि सभामुख देवराज घिमिरेले प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । 

    संशोधनका प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । त्यसपछि नीति कार्यक्रम निर्णयार्थ पेस भएको थियो । निर्णयार्थ प्रस्तुत गरिएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

    राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरेका थिए ।


    प्रतिक्रिया दिनुहोस