काठमाडौं । सोमबार काभ्रेको पनौतीमा आएको बाढीमा बेपत्ता महिलाको खोजी कार्य भइरहेको छ ।
पनौती नगरपालिका–५ स्थित ढलमल खोलामा आएको खहरेसहितको बाढीमा बेपत्ता ३५ वर्षीया रेनुका गिरीको खोजी कार्य जारी रहेको शस्त्र प्रहरी बलले बताएको छ ।
उनको खोजीकार्यको लागि विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।
बाढीमा बेपत्ता भएलगत्तै उनको खोजी कार्य सुरु गरिएको तर साँझ उनलाई फेला पार्न नसकेपछि आज मंगलबार बिहानदेखि खोजी कार्य सुरु भएको सशस्त्र प्रहरी बलले जानकारी गराएको छ ।