शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • कारको ठक्करबाट १० वर्षीय बालकको मृत्यु


    हुलाक प्रेस

    • मंगलबार, वैशाख ३० २०८२०३:०९
    कारको ठक्करबाट १० वर्षीय बालकको मृत्यु

    सिन्धुली । दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

    उदयपुरको कटारीबाट डकाहातर्फ आउँदै गरेको बि ए बी  ०१८८ नम्बरको कारले आज ठक्कर दिँदा दुधौली–७ चिहानडाँडाका १० वर्षीय मन्देश सदाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । 

    कारको ठक्करबाट घाइते भएका सदाको दुधौली नगर अस्पताल सिर्थौलीमा मृत्यु भएको हो । प्रहरीले कारका चालक ३४ वर्षीय रामकुमार राईलाई नियन्त्रणमा लिइ घटनाको अनुसन्धान अघि बढाएको छ । 
    रासस


    प्रतिक्रिया दिनुहोस