बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : कांग्रेस सांसद माया राईविरुद्ध मुद्दा दायर


    हुलाक प्रेस

    • मंगलबार, वैशाख ३० २०८२०६:०२
    स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : कांग्रेस सांसद माया राईविरुद्ध मुद्दा दायर

    काठमाडौँ । कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा कांग्रेस सांसद माया राईविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । 

    जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले मंगलबार उनी विरुद्ध मुद्दा दायर  गरेको हो । 

    राईसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै पूरक अभियोजन मार्फत उनीविरुद्ध ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।  

    राई वैशाख १३ गते राति कपनस्थित उनको निवासबाट पक्राउ परेकी थिइन् ।


    प्रतिक्रिया दिनुहोस