शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • मखनटोल आगलागीमा मृत्यु भएकी वृद्धाको सनाखत


    हुलाक प्रेस

    • बुधबार, वैशाख ३१ २०८२१२:२६
    मखनटोल आगलागीमा मृत्यु भएकी वृद्धाको सनाखत

    काठमाडौँ । काठमाडौँ महानगरपालिका २४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई घरमा आगलागी हुँदा मृत्यु भएकी वृद्धाको सनाखत भएको छ । 

    उक्त दुर्घटनामा परेर काभ्रेपलाञ्चोककी ८० वर्षीया विष्णु अधिकारीको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । 

    आज बिहान ग्यास चुहिएर दयाराम श्रेष्ठको चारतले माटो र काठले बनेको कच्ची घरमा लागेको आगो नजिक रहेको रुकेश श्रेष्ठको पाँचतले पक्की घरमा समेत फैलिएको थियो । 

    आगलागी बिहान १० बजे पूर्णरूपमा नियन्त्रणमा आएको थियो । 

    करिब तीन घण्टासम्म लागेको आगो नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको प्रहरी उपरीक्षक बोहराले बताए । 

    जुद्ध बारुणका दुई, नेपाली सेनाको एक, ललितपुर महानगरपालिकाको एक, रामहिटीको एक र बालाजु औधोगिक क्षेत्रको एक गरी छ वटा दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।
    रासस


    प्रतिक्रिया दिनुहोस