शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • पोखरामा बस दुर्घटना, २२ जना घाइते


    हुलाक प्रेस

    • बुधबार, वैशाख ३१ २०८२०२:३२
    पोखरामा बस दुर्घटना, २२ जना घाइते

    पोखरा । पोखरा महानगरपालिका–२२ स्थित पुम्दीभुम्दीको शान्तिस्तुपानजिकै बस दुर्घटना भएको छ । बुधबार ग१ख ३८८६ नम्बरको बस स्तुपाबाट फर्कने क्रममा दुर्घटना भएको हो ।

    बस दुर्घटनामा परेर २२ जना घाइते भएको प्रहरी नायव उपरिक्षक सन्तोष निरौलाले जानकारी दिए । प्रहरी नायव उपरिक्षक निरौलाका अनुसार, घाइते सबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ ।


    प्रतिक्रिया दिनुहोस