बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विदेश भ्रमणका नाममा २६ स्थानीय तहका पदाधिकारीको बदमासी, भ्रमण स्वीकृत नगरी एक करोड ४६ लाख खर्च


    हुलाक प्रेस

    • बुधबार, वैशाख ३१ २०८२०६:४९
    विदेश भ्रमणका नाममा २६ स्थानीय तहका पदाधिकारीको बदमासी, भ्रमण स्वीकृत नगरी एक करोड ४६ लाख खर्च

    काठमाडौं । भ्रमण स्वीकृत नगरी स्थानीय तहका पदाधिकारीहरू विदेश भ्रमणमा गएको खुलेको छ ।

    २६ वटा स्थानीय तहका पदाधिकारीहरूले स्वीकृति बेगर चीन, दक्षिण कोरिया, अस्ट्रेलिया, टर्की लगायतका देशको भ्रमणबापत एक करोड ४६ लाख ७७ हजार खर्च गरेको महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको आफ्नो ६२औँ प्रतिवेदनमा सो कुरा औंल्याएको हो ।

    “स्थानीय तहका पदाधिकारीहरू विदेश भ्रमणमा जाँदा नेपाल सरकारको स्वीकृति लिनुपर्ने व्यवस्था छ । यो वर्ष २६ स्थानीय तहका पदाधिकारीले नेपाल सरकारको स्वीकृति बेगर चीन, दक्षिण कोरिया, अस्ट्रेलिया, टर्की लगायतका देशको भ्रमणबापत रु. एक करोड ४६ लाख ७७ हजार खर्च गरेको पाइयो,” प्रतिवेदनमा भनिएको छ ।


    प्रतिक्रिया दिनुहोस