शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • धादिङबाट पोखरा जाँदै गरेको बस दुर्घटना, तीन जनाको मृत्यु


    हुलाक प्रेस

    • बुधबार, वैशाख ३१ २०८२०७:५१
    धादिङबाट पोखरा जाँदै गरेको बस दुर्घटना, तीन जनाको मृत्यु

    काठमाडौं । धादिङबाट पोखरा जाँदै गरेको ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा धादिङ घर भइ पोखरा बस्दै आएकी झाङमाया गुरुङसहित ३ जना छन् । अन्यको नाम खुलिनसकेको जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी श्यामबाबु ओलियाले बताए ।

    उनका अनुसार, लामेआहालमा सडकबाट तल खसेको गाडी दुर्घटना हुँदा थप ८ जना घाइते भएका थिए । उनीहरुमध्ये ३ जना डिस्चार्ज भइसकेका छन् ।


    प्रतिक्रिया दिनुहोस