शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • बिदा लिएर पढ्न गएका कृषि अनुसन्धान परिषद्का १९ कर्मचारी बेपत्ता भए


    हुलाक प्रेस

    • बिहीबार , जेठ १ २०८२०८:२६
    बिदा लिएर पढ्न गएका कृषि अनुसन्धान परिषद्का १९ कर्मचारी बेपत्ता भए

    काठमाडौँ । अध्ययन बिदा लिएर गएका कृषि अनुसन्धान परिषद्का १९ कर्मचारी लापत्ता भएका छन् । ती कर्मचारी नेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८ अनुसार परिषद्बाट मनोनीत भई अध्ययन बिदामा स्वदेश वा विदेशमा अध्ययन गर्न गएका थिए । 

    अध्ययन बिदा पूरा गरेपछि पनि उनीहरू परिषद्मा नफर्केको भन्दै महालेखाले प्रश्न उठाएको छ । ती कर्मचारीसँग कबुलियतनामाको सर्तबमोजिम सेवा–सुविधाबापत भुक्तानी भएको तीन करोड ५९ लाख ४६ हजार सरकारी बाँकीसरह असुल गर्न र प्रचलित कानुनबमोजिम कारबाही गर्न महालेखाले भनेको छ । 


    प्रतिक्रिया दिनुहोस