बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • गभर्नर सिफारिस समितिमा पाण्डे नियुक्त, सम्भावना कसको छ बलियो ?


    हुलाक प्रेस

    • बिहीबार , जेठ १ २०८२०९:१९
    गभर्नर सिफारिस समितिमा पाण्डे नियुक्त,  सम्भावना कसको छ बलियो ?

    काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति सदस्यमा डा‍ पोषराज पाण्डेलाई नियुक्त गरेको छ । अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा बुधबार मन्त्रिपरिषद् बैठकले पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    यसअघि सिफारिस समितिका सदस्य विश्व पौडेलले राजीनामा दिएपछि उनको ठाउँमा पाण्डेलाई नियुक्त गरेको हो । पौडेल गभर्नर बन्ने चर्चासँगै उनले राजीनामा दिएका थिए । पछि उनको नाममा पनि विवाद आइरहेको छ । यसअघि सिफारिस समितिमा पर्व गभर्नरका तर्फबाट विश्वनाथ भट्टराईलाई नियुक्त गरेको थियो । उनले पनि असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए । अर्का सदस्य महाप्रसाद अधिकारीको नाम पनि विवादमा आएको छ । अधिकारीको नियुक्तिको विषय हाल सर्वोच्च अदालतमा विचाराधीन छ ।

    गभर्नर पदका लागि काँग्रेसले प्रस्ताव गरेको ज्ञानेन्द्र ढुगाना, डा.गुणाकर भट्ट र विश्व पौडेल तीन जनाको नाम विवादमा आएपछि अहिले अर्का अर्थशास्त्री डा.अंगराज तिमिल्सेनाको नाम प्रस्ताव गर्ने तयारी गरिरहेको छ ।


    प्रतिक्रिया दिनुहोस