शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • चितवनको रत्ननगरमा बस दुर्घटना हुँदा १५ जना घाइते


    हुलाक प्रेस

    • शुक्रबार, जेठ २ २०८२०९:०६
    चितवनको रत्ननगरमा बस दुर्घटना हुँदा १५ जना घाइते

    चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–१० मा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

    लहानबाट काठमाडौंतर्फ गइरहेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

    बसमा ३९ जना यात्री रहेकामा १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

    घाइतेमध्ये चार जनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त छ ।


    प्रतिक्रिया दिनुहोस