बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रतिनिधिसभा बैठक सुरु


    हुलाक प्रेस

    • शुक्रबार, जेठ २ २०८२११:५६
    प्रतिनिधिसभा बैठक सुरु

    काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा विनियोजन विधयेकका सिद्धान्त र प्राथमितामाथिको छलफलपछि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जवाफ दिने कार्यसूची रहेको छ ।

    बैठकको आकस्मिक समयमा बोल्ने क्रममा सांसद सूर्यबहादुaर थापा क्षेत्रीले गत वैशाख ३१ गते प्यूठानको सहिद स्मृतिपार्कमा करेन्ट लागेर मृत्यु भएका चित्रबहादुर केसीको परिवारलाई राहतको माग गरे । उनले देशका विभिन्न स्थानमा स्थापना भएका सहिद स्मृति पार्कका लागि पर्याप्त बजेटको व्यवस्था गरिनुपर्ने मागसमेत राखे । 

    सांसद रामकुमार राईले खोटाङका एक युवाको गत वैशाख ३० गते गोकर्णेश्वरमा कुटपिटबाट मृत्यु भएको विषय उठाउँदै उक्त घटनाका दोषीलाई कारबाहीको माग गरे ।

    सांसद राजेन्द्रप्रसाद लिङ्देनले करिब दुई महिनादेखि बन्दी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलगायत नेता कार्यकर्तालाई रिहाइको माग गरे । रासस


  • सम्बन्धित विषय:

  • # #samsadbaithak
  • प्रतिक्रिया दिनुहोस