बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश


    हुलाक प्रेस

    • शुक्रबार, जेठ २ २०८२०७:३०
    रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

     काठमाडौं । सर्वोच्च अदालतले राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । 

    शुक्रबार न्यायाधीशहरू डा. कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले मिश्रलाई थुनामुक्त हुन आदेश दिएको हो ।

    श्रीमती सारिका कार्कीले वैशाख ३० मा सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेकोमा आजको सुनुवाईमा मिश्रलाई हाजिर जमानीमा थुनामुक्त हुन आदेश जारी भएको हो । 

    यसअघि सातपटकसम्म काठमाडौं जिल्ला अदालतबाट म्याद थप भइ मिश्र ४८ दिन थुनामा रहेका थिए । 

    गएको चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूमाथि सो विषयमा अनुसन्धान गरिरहेको थियो । 

     


  • सम्बन्धित विषय:

  • # #supremcourt
  • # #rabindramishra
  • प्रतिक्रिया दिनुहोस