शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • सगरमाथा आरोहण गरेर फर्कने क्रममा एक पर्वतारोहीको मृत्यु


    हुलाक प्रेस

    • शनिबार, जेठ ३ २०८२०९:४६
    सगरमाथा आरोहण गरेर फर्कने क्रममा एक पर्वतारोहीको मृत्यु

    काठमाडौँ । सगरमाथा आरोहण गरेर फर्किने क्रममा एक जना पर्वतारोहीको मृत्यु भएको छ । बिहीबार हिलारी स्टेप ८७९० मिटर भन्दा माथि ती पर्वतारोहीको निधन भएको हो । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे घटना भएको पुष्टि गरे । 

    ती पर्वतारोहीले सगरमाथाको शिखर टेकिसकेका थिए । त्यसलगत्तै फर्कने क्रममा उनको निधन भएको हो । यद्यपि घटनाबारे विस्तृत विवरण थाहा नभएको बताए । 

    निधन हुने व्यक्तिको नाम र देश समेत खुलिसकेको छैन । सगरमाथा क्षेत्रको उद्धारको काम सम्बन्धित एक्पिडिसन कम्पनीले नै गर्ने भएकोले यसमा आफूहरूले केही गर्नसक्ने अवस्था नरहेको घिमिरे बताउँछन् । यद्यपि मृतकको शव ल्याउने प्रक्रिया सुरु भइसकेको जानकारी आएको उनले बताए । 


    प्रतिक्रिया दिनुहोस