शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • सशस्त्र प्रहरीका असई दन्तबहादुर छत्यालले चढे सगरमाथा


    हुलाक प्रेस

    • आइतबार, जेठ ४ २०८२१०:२०
    सशस्त्र प्रहरीका असई दन्तबहादुर छत्यालले चढे सगरमाथा

    काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनी जेठ ४ गते बिहान ९ः२० बजे सगरमाथाको चुचुरोमा पुगेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

    सहप्रवक्ता थापाका अनुसार छत्यालले ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका छन् ।

    सहायक निरीक्षक छत्यालले गत वैशाख २२ गते ६ हजार ११४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए ।

    तराई, पहाड, हिमाल, सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल भन्ने सन्देश सहित सहायक निरीक्षक छत्याल ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिई सगरमाथा आरोहण लागि वैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।


  • सम्बन्धित विषय:

  • # दन्तबहादुर छत्याल
  • प्रतिक्रिया दिनुहोस