बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बत्तीमुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाउन थालियो: विष्णु रिमाल


    हुलाक प्रेस

    • आइतबार, जेठ ४ २०८२०१:३६
    बत्तीमुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाउन थालियो:  विष्णु रिमाल

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले नेपाल विद्युत् प्राधिकरणका निर्देशक हितेन्द्रदेव शाक्यलाई सजग रहन सुझाव दिएका छन् । 

    सामाजिक सञ्जाल फेसबुकमा आइतबार स्ट्याटस लेख्दै रिमालले बलेको बत्तीमुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाउन थालिएको भन्दै शाक्यलाई सजग रहन सुझाव दिएका हुन् ।

    ‘तपाईँ नेपाल विद्युत् प्राधिकरणको निर्देशक हुनुहुन्छ । आफ्नो काममा तपाईँ काबिल हुनुहुन्छ । प्राधिकरणलाई कसरी प्रगतिमा पुर्‍याउन सकिन्छ भन्नेमा इमानदार पनि हुनुहुन्छ । तर सजग रहनुहोला, बलेको बत्ती मुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै छ’, रिमालले भनेका छन् । 

    रिमालले बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज रहेको भन्दै यस्तो देवत्वकरणको पर्दाभित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा भएको पनि बताएका छन् ।

     ‘तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन् । समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छाया मुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ’, रिमालको भनाइ छ । 


    प्रतिक्रिया दिनुहोस