शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • स्याउ बोकेको गाडीबाट साढे सात किलो सुन बरामद, चालक पक्राउ


    हुलाक प्रेस

    • आइतबार, जेठ ४ २०८२१०:४२
    स्याउ बोकेको गाडीबाट साढे सात किलो सुन बरामद, चालक पक्राउ

    काठमाडौं । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ बाट ठूलो परिमाणमा सुन जस्तो देखिने पहेँलो धातु बरामद गरिएको छ ।

    केरुङबाट काठमाडौंतर्फ आउँदै गरेको स्याउ लोड गरिएको गाडीबाट अन्दाजी ७ किलो ६५३ ग्रामको पहेँले धातु फेला परेको प्रहरीले जनाएको छ ।

    आइतबार दिउँसो साढे १ बजे बा ४ ख ६२०१ नम्बरको गाडी जाँच गर्ने क्रममा उक्त सुन बरामद गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी खेमबहादुर शाहीका अनुसार उक्त पहेँलो धातु सुन हुनसक्ने आशंकामा परीक्षण प्रक्रिया अघि बढाइएको छ । गाडी चालक २४ वर्षीय किशोर भुजेललाई नियन्त्रणमा लिइएको छ । उनी रसुवाकै हुन् ।

    प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बरामद गरिएको वस्तु सातवटा बिस्कुटको रूपमा रहेको जानकारी दिए । त्यसलाई भन्सार कार्यालयमा पठाइएको र सुनको वास्तविक मात्रा र प्रकृति पुष्टि हुन बाँकी रहेको बताए ।


  • सम्बन्धित विषय:

  • # सुन बरामद
  • प्रतिक्रिया दिनुहोस