बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सांसदले उठाएका प्रश्नको जवाफ दिँदै चार मन्त्री


    हुलाक प्रेस

    • सोमबार, जेठ ५ २०८२०८:५८
    सांसदले उठाएका प्रश्नको जवाफ दिँदै चार मन्त्री

    काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

    बैठकमा मन्त्रालयगत प्रश्नोत्तरको कार्यक्रम रहेको छ । गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिर्ने कार्यसूची रहेको छ । 

    बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । 

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले ‘पूर्वाधार विकास समितिको प्रतिवेदनसहित जलस्रोत विधेयक, २०८१ ’ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन् । 

    मन्त्री खड्काले ‘जलस्रोत विधेयक, २०८१’ पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस