शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • समिट एयरको जहाजमा समस्या, लुक्ला जाँदाजाँदै काठमाडौं फर्कियो


    हुलाक प्रेस

    • सोमबार, जेठ ५ २०८२०९:१७
    समिट एयरको जहाजमा समस्या, लुक्ला जाँदाजाँदै काठमाडौं फर्कियो

    काठमाडौं । काठमाडौंबाट लुक्ला जाँदै गरेको समिट एयरको एउटा जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौंमै फर्किएको छ ।

    आज बिहान ६ः१२ बजे काठमाडौंबाट उडेको *जहाज रामेछाप पुग्दा समस्या देखिएपछि काठमाडौं फर्किएको हो ।

    नाइन एन एएमजी कल साइनको सो जहाजलाई आकस्मिक अवतरण गराइएको छ । जहाजलाई आकस्मिक अवतरण गराउनका लागि काठमाडौंको विमानस्थलमा अन्य उडान–अवतरण केहीबेर रोकिएको थियो ।

    ‘एउटा इन्जिनमा समस्या देखिएको थियो । अहिले जहाज सुरक्षित रुपमा अवतरण गरिसकेको छ,’ स्रोतले भन्यो ।

     


    प्रतिक्रिया दिनुहोस