शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • हेटौंडा काठमाडौं जोड्ने कान्ति लोकपथ अवरुद्ध


    हुलाक प्रेस

    • सोमबार, जेठ ५ २०८२०९:२३
    हेटौंडा काठमाडौं जोड्ने कान्ति लोकपथ अवरुद्ध

    हेटाैंडा । मकवानपुरको हेटौंडा र काठमाडौं जाेड्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको छ ।

    मकवानपुरकाे भीमफेदी गाउँपालिका-८ र ललितपुरकाे बागमती गाउँपालिका-२ काे सीमानास्थित बगुवा खाेलाकाे डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे छ ।

    आज साेमबार बिहान परेकाे पानीले डाइभर्सनका लागि राखिएका ह्युमपाइपहरू बगाएकाे डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

    बगुवा खाेलास्थित बागमती पुलकाे एक भाग गत असाेजमा आएकाे भिषण बाढीले बगाएकाे थियाे । पुलकाे मकवानपुरतर्फकाे भाग बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन भइरहेकाे थियो ।


    प्रतिक्रिया दिनुहोस