शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • कोसी प्रदेशका सांसद चढेको गाडी र डीएसपीले चलाएको कार आपसमा ठोक्कियो


    हुलाक प्रेस

    • सोमबार, जेठ ५ २०८२०३:३०
    कोसी प्रदेशका सांसद चढेको गाडी र डीएसपीले चलाएको कार आपसमा ठोक्कियो

    काठमाडौं । कोसी प्रदेशका सांसद चढेको गाडी मोरङको कानेपोखरीमा दुर्घटना भएको छ ।
     
    कोसी प्रदेशसभाको बैठकमा सहभागी हुन विराटनगर जाँदै गरेको गाडी र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र खड्काले बा५च ३५२० नम्बरको चलाएको कार एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । 

    गाडीमा प्रदेशसभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए । 

    इलाका प्रहरी कार्यालय पथरीका अनुसार, गाडीमा सवार सांसदहरूको अवस्था सामान्य छ ।‌

    सांसद मैया श्रेष्ठले आफूहरूलाई चोटपटक नलागेको तर गाडीमा भने क्षति पुगेको बताइन् ।

     उनले भनिन्, 'मेरै गाडीमा आउँदै थियौँ तीव्र गतिमा आएको गाडीले एक्कासि ठक्कर दियो । हामी सकुशल छौँ ।'


  • सम्बन्धित विषय:

  • # #koshipradesh
  • प्रतिक्रिया दिनुहोस