बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अर्थमन्त्री पौडेलले बोलाए पहिलो पटक गभर्नर सिफारिस समितिको बैठक


    हुलाक प्रेस

    • मंगलबार, जेठ ६ २०८२०१:४९
    अर्थमन्त्री पौडेलले बोलाए पहिलो पटक गभर्नर सिफारिस समितिको बैठक

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पहिलो पटक गभर्नर सिफारिस समिति बैठक आह्वान गरेका छन् ।

    समितिको बैठक आज अपराह्न ४ बजेपछि बस्ने अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ।

    अर्थमन्त्री पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र पोषनाथ पाण्डे सदस्य छन् । समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ भने सोही आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई गभर्नर बनाउने निर्णय गर्नुपर्ने व्यवस्था छ । 

    मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच छलफल भएको थियो ।

    उक्त छलफलमा अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए । छलफलपछि अर्थमन्त्री पौडेलले पहिलो पटक गभर्नर सिफारिस समिति बैठक बोलाएका हुन् । गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओली र देउवाविच लामो समयदेखि विवाद हुँदै आएको छ । 


  • सम्बन्धित विषय:

  • # #bishnupoudel
  • # #gorvenercontroversy
  • प्रतिक्रिया दिनुहोस