बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साँझ ६ बजे बस्ने


    हुलाक प्रेस

    • मंगलबार, जेठ ६ २०८२०२:१२
    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक,  साँझ ६ बजे बस्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे बस्ने गरि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । 

    मंगलबार बिहान प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालुवाटारमा छलफल भएलगत्तै बैठक बोलाइएको हो । 

    ओली देउवाको छलफलमा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए । छलफलपछि अर्थमन्त्री पौडेलले पहिलो पटक गभर्नर सिफारिस समिति बैठक बोलाएका छन् । 

    समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ भने सोही आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई गभर्नर बनाउने निर्णय गर्नुपर्ने व्यवस्था छ । 

    हिजो साँझ तय गरिएको मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री ओलीको स्वास्थ्य कारण देखाउँदै अन्तिम समयमा आएर स्थगित गरिएको थियो । 

    गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओली र देउवाविच लामो समयदेखि विवाद हुँदै आएको छ ।

    गभर्नर नियुक्ति विषय पेचिलो बन्दै गएपछि ओली देउवा यो विषय सल्टाउन सक्रिय देखिएका छन् । 

     


  • सम्बन्धित विषय:

  • # #cabinatemeeting
  • # #kpoli
  • प्रतिक्रिया दिनुहोस