काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति सिफारिस गर्न समिति गठन भएको छ ।
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति रघुजी पन्तको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेका हुन् ।
समितिका अन्य दुई सदस्यमा राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य गीता अधिकारी पौडेल र शिक्षा मन्त्रालयका सचिव दीपक काफ्ले सदस्य रहेका छन् ।
उपकुलपति डा.केशरजंग बरालले राजीनामा दिएपछि त्रिवि उपकुलपति पद रिक्त रहेको छ । समितिले नाम सिफारिस गरेपछि मन्त्रिपरिषद्ले उपकुलपति नियुक्त गर्नेछ ।