बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भारतमा फेरि फर्कियो कोरोना, २ सय ५७ जना संक्रमित बन्दा २ जनाको मृत्यु


    हुलाक प्रेस

    • मंगलबार, जेठ ६ २०८२०७:४१
    भारतमा फेरि फर्कियो कोरोना, २ सय ५७ जना संक्रमित बन्दा २ जनाको मृत्यु

    मुम्बई । भारतमा फेरि कोभिड १९ भाइरसका संक्रमित भेटिन थालेका छन् । सोमबार मुम्बईमा २५७ जना कोभिडका संक्रमित भेटिएका हुन् । जसमध्ये केईएम अस्पतालमा दुईजना कोभिड संक्रमितको ज्यान नै गएको छ ।

    ती दुवैजना दीर्घकालीन रोगका बिरामी थिए । उनीहरू कोभिड लागेपछि अस्पतालमा भर्ना भएकोमा उपचारका क्रममा ज्यान गएको हो । कोभिड लागेकाध्ये एकजनालाई मुखको क्यान्सर र अर्कोलाई मृगौला रोग नेफ्रोटिक सिन्ड्रोम थियो।

    यसैबीच, एसियाकै सिंगापुर, हङकङ, चीन र थाइल्याण्डमा कोरोनाभाइरसका बिरामी फेरि बढिरहेका छन्। यी देशहरूमा नयाँ केसहरूको संख्या बढ्दै गएको छ।

    सिंगापुरमा मे १ देखि मे १९ सम्म ३ हजार कोभिडका बिरामी भेटिएका छन् । अप्रिलको अन्तिम सातासम्म यो संख्या ११ हजार १ सय थियो । यहाँ केसहरूमा २८ प्रतिशतले वृद्धि भएको जनाइएको छ।

    उता, जनवरीदेखि हङकङमा ८१ केस भेटिएका छन्। जसमध्ये ३० जनाको मृत्यु भइसकेको छ । चीन र थाइल्याण्डमा पनि अलर्ट जारी गरिएको छ ।

    यद्यपि यहाँ बिरामीको संख्याबारे जानकारी दिइएको छैन । भारतमा जनवरी १ देखि मे १९ सम्म २५७ केस रिपोर्ट गरिएको छ।


    प्रतिक्रिया दिनुहोस