शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाल प्रहरीको एआईजीमा सिद्धिविक्रम शाह सिफारिस


    हुलाक प्रेस

    • मंगलबार, जेठ ६ २०८२०८:३०
    नेपाल प्रहरीको एआईजीमा सिद्धिविक्रम शाह सिफारिस

    काठमाडौँ । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी सिद्धिविक्रम शाहलाई बढुवा गर्न सिफारिस गरिएको छ । 

    मंगलबार बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरका डीआईजी शाहलाई नै बढुवा गर्न सिफारिस गरेको हो । शाह हाल विशेष ब्युरोका प्रमुख हुन् । 

    आगामी जेठ ११ गतेबाट एआईजी लालमणि आचार्य अनिवार्य अवकाशमा जाने भएपछि रिक्त हुने पदमा शाह बढुवा हुने भएका हुन् ।

    आचार्य अवकास हुनु एकसाता पहिले नै सिफारिस भएपनि एक सातापछि मात्रै मन्त्रिपरिषदको बैठकले उनलाई बढुवा गर्ने निर्णय गर्नेछ । 

    आफ्नो ब्याचबाट शाह एआईजी बन्ने एकल अधिकारी हुन् । उनका ब्याचका अरु डीआईजीसम्म मात्रै छन् । 
     


    प्रतिक्रिया दिनुहोस