बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नक्कली सवारी दर्ता किताब बनाउने दुई जना पाँच वटा कारसहित पक्राउ


    हुलाक प्रेस

    • आइतबार, पुस १ २०८००७:४८
    नक्कली सवारी दर्ता किताब बनाउने दुई जना  पाँच वटा कारसहित पक्राउ

    काठमाडौं । नक्कली सवारी दर्ता किताब बनाउने गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–८ का ४२ वर्षीय दिलबहादुर घिसिङ तामाङ र सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–१ का ३३ वर्षीय आइतसिंह तामाङ रहेका छन् ।

    प्रहरीका अनुसार उनीहरूले लिखत किर्ते गरी सवारी दर्ता किताबसहितका कागजातहरू तयार पार्ने गरेका थिए । गोप्य सूचनाको आधारमा उनीहरूलाई गत शुक्रबार काठमाडौंस्थित कालिमाटीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले उनीहरूको साथबाट भन्सार चोरी पैठारी गरी ल्याइएका पाँचवटा कार, विभिन्न सरकारी कार्यालयका चार थान छाप, ब्लूबुकसहितका कागजात बरामद गरिएको प्रहरीले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस