शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • ५ हजार रुपैयाँले बढ्यो सुनको भाउ


    हुलाक प्रेस

    • बुधबार, जेठ ७ २०८२०१:३२
    ५ हजार रुपैयाँले बढ्यो सुनको भाउ

    काठमाडौं । पहेँलो धातु (सुन)को मूल्य स्थानीय बजारमा एकैपटक पाँच हजार रुपैयाँले बढेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 
    मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

    यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन एक हजार ९४० रुपैयाँमा कारोबार भएको प्रतितोला चाँदीको मूल्य एक हजार ९९० रुपैयाँ पुगेको हो ।


  • सम्बन्धित विषय:

  • # #goldpriceinnepal
  • प्रतिक्रिया दिनुहोस