काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको गेटबाट बुधबार थुनुवा भागेका छन् ।
प्रहरी वृत्त स्वयम्भुबाट मुद्दाको प्रयोजनका लागि भद्रकाली ल्याइएका थुनुवा दोलखाका २४ वर्षीय निशान परियार भागेका हुन् ।
अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेका परियारको खोजी कार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।
परियार सात दिनअघि पक्राउ परेका थिए ।