शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख भट्टराई अख्तियारको नियन्त्रणमा


    हुलाक प्रेस

    • बुधबार, जेठ ७ २०८२०९:४६
    त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख भट्टराई अख्तियारको नियन्त्रणमा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तथा तत्कालीन त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ । मंगलबारमात्रै गृह मन्त्रालय तानिएका भट्टराईलाई बुधबार सोधपुछका लागि अख्तियारले नियन्त्रणमा लिएको हो ।

    बुधबार अख्तियारको टोलीले विमानस्थलस्थित अध्यागमन कार्यालयमासमेत छापा मारेको छ । विमानस्थल स्रोतका अनुसार, अख्तियारको टोलीले बिहानै अध्यागनमा कार्यालयमा छापा मारेको हो ।

    अध्यागमनका कर्मचारी र मानव तस्करी गर्ने समूहको सेटिङमा भिजिट भिसाका नाममा तस्करी हुने गरेको सुराकीपछि अख्तियारले अनुसन्धान थालेको हो ।


    प्रतिक्रिया दिनुहोस