शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • तिल गाउँको बाढीको कारण पत्ता लगाउन सरकारी टोली हुम्ला पुग्यो


    हुलाक प्रेस

    • बिहीबार , जेठ ८ २०८२११:२६
    तिल गाउँको बाढीको कारण पत्ता लगाउन सरकारी टोली हुम्ला पुग्यो

    हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाको तिल गाउँमा बाढी पहिरोको कारण पत्ता लगाउन सरकारी टोली हुम्ला आइपुगेको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनिर सुशील कुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली हुम्ला सुदरमुकाम सिमिकोट पुगेको छ ।

    टोलीमा जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट इन्जिनियर सौहाद्र जोशी र खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जिओलोजिस्ट शिवकुमार बास्कोटा छन् । जेठ १ गते राति एक्कासी बाढी आउँदा हुम्लाको नाम्खा गाउँपालिका ६ को तिल गाउँमा क्षति पुगेको थियो । १८ घर परिवार बिस्थापित भएर पाल मुनि बसिरहेका छन् ।

    करिब ५ हजार ३०० मिटर माथि हिमालमा रहेका दुई वटा हिम पोखरीबाट बगेको पानीले बाढीको रुप धारण गरेको प्रारम्भिक अनुमान छ ।

    स्थानीय आफैं पोखरीसम्म पुगेर बाढीको आउनुको कारण पत्ता लगाएका थिए । तर पोखरीको पानी कसरी बाहिर निस्कियो भन्ने वैज्ञानिक रुपमा स्पष्ट हुन सकेको छैन ।


    प्रतिक्रिया दिनुहोस