शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • रविको वन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी, आजै आदेश आउने


    हुलाक प्रेस

    • बिहीबार , जेठ ८ २०८२१२:१८
    रविको वन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी, आजै आदेश आउने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि सुनुवाइ भइरहेको छ ।

    न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुनेगरी पेसी तोकिएको हो । सोही इजलासमा मंगलबार मुद्दा हेर्दाहेर्दैमा रहेकामा बुधबार भने संवैधानिक इजालस भएकाले मुद्दाको सुनुवाइ भएको थिएन । 

    वैशाख ७ मा निकिताले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबार, रुपन्देही जिल्ला अदालत, उच्च अदालत तुलसीपुर बुटवल इजलास, जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ, कारागार कार्यालय रुपन्देही  र जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन् ।  

    आज सुनुवाइको सुरुमा लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गरेका छन् । त्यसपछि पूर्वडीआईजी छविलाल जोशीका कानुन व्यवसायी तथा पीडित र सरकारी वकिलको बहस सुरु हुनेछ ।

    सोही इजलासमा लगाब राखिएका रवि लामिछाने र छबिलाल जोशीले दायर गरेको मुद्दाको पनि पेसी तोकिएको हो । 


    प्रतिक्रिया दिनुहोस