शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • विदेश पठाइदिने भन्दै ठगी गरि फरार चार जना प्रहरीको नियन्त्रणमा


    हुलाक प्रेस

    • बिहीबार , जेठ ८ २०८२१२:४३
    विदेश पठाइदिने भन्दै ठगी गरि फरार चार जना प्रहरीको नियन्त्रणमा

    काठमाडौं । विदेश पठाइदिने भन्दै ठगी गरेर फरार भएका चार जनालाई प्रहरीले राजधानीका विभिन्न ठाउँहरुबाट पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरुमा तनहुँका ४३ वर्षीय विकाश गुरुङ, सिन्धुलीकी ३६ वर्षीया रन्जना अधिकारी, ताप्लेजुङका ४० वर्षीय यादवप्रसाद घिमिरे र कन्चनपुरका ५२ वर्षीय लोकजन खड्का रहेको प्रहरीले जनाएको छ । 

    पक्राउ पर्ने मध्ये विकाश गुरुङले अजरबैजान पठाउने भन्दै ५ लाख ठगी गरेको अधिकारीले जापान पठाउने भन्दै ३ लाख, घिमिरेले पनि जापान पठाउने भन्दै ५० हजार र खड्काले थाइल्याण्ड पठाउने भन्दै ४ लाख ४० हजार रुपैयाँ ठगी गरी फरार भएको पाइएको प्रहरीले बताएको छ ।

    पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको प्रहरीले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस