बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • टेनिसीमा शक्तिशाली आँधीले उडाएका चार महिनाका शिशु जीवितै भेटिए


    हुलाक प्रेस

    • आइतबार, पुस १ २०८००८:३१
    टेनिसीमा शक्तिशाली आँधीले उडाएका चार महिनाका शिशु जीवितै भेटिए

    काठमाडौं । संयुक्त राज्य अमेरिकाको टेनिसीमा टोर्नेडो अर्थात् जमिनमा विकसित हुने सोली आकारमा भुमरी परेको शक्तिशाली हावाहुरीमा परेका एक जना चार महिनाका शिशु जीवितै फेला परेपछि ‘ईश्वरको कृपाले’ त्यो सम्भव भएका उनका अभिभावकले बताएका छन्।

    उनीहरूको घुम्ती घरलाई शनिवारको खतरनाक आँधीले ध्वस्त बनाएको थियो भने बच्चा रहेको कोक्रो उडाएर लगेको थियो।

    ती चार महिनाका शिशु लडिरहेको एउटा रुखमा जीवितै फेला परेका थिए। त्यसबेला झमझम पानी परिरहेको थियो।

    ती शिशु, उनका एक वर्षका दाजु र परिवारका सदस्यहरूलाई साधारण चोटपटक लागेको छ। बीबीसीबाट


    प्रतिक्रिया दिनुहोस