शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • भिजिट भिसा प्रकरण : गृहका ९ जना कर्मचारीको सरुवा


    हुलाक प्रेस

    • शुक्रबार, जेठ ९ २०८२०१:५६
    भिजिट भिसा प्रकरण : गृहका ९ जना कर्मचारीको सरुवा

    काठमाडौं । भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयले सहसचिव तीर्थराज भट्टराईसहित ९ जना कर्मचारीलाई सरुवा गरेको छ । 

    नायब सुब्बाहरु प्रेमप्रसाद पौडेलको जिल्ला प्रशासन कार्यालय काठमाडौं, वीरभद्र जोशीको जिल्ला प्रशासन कार्यालय काठमाडौँ, तथा नरबहादुर थापाको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ । 

    यसैगरि सहायक कम्प्युटर अपरेटरका रुपमा कार्यरत कर्मचारीहरु कमला श्रेष्ठसहित कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ, र धनराज उपाध्यायको कारागार व्यवस्थापन विभाग वा अन्तर्गत हुनेगरी सरुवा गरिएको छ । 

    भिजिट भिसामा किर्ते गरेको उजुरी परेका कर्मचारीलाई गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सह सचिव छवि रिजालले सरुवा गरेका हुन् । 


    प्रतिक्रिया दिनुहोस