शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सरकारी जागिर खाएको आरोपमा मुद्धा दायर


    हुलाक प्रेस

    • शुक्रबार, जेठ ९ २०८२०३:३०
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सरकारी जागिर खाएको आरोपमा मुद्धा दायर

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सरकारी जागिर खाएको आरोपमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले सरकारी कर्मचारी विरुद्ध मुद्धा दायर गरेको छ । 
    आयोगले डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका वडा नं ५ स्थित सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्नामा नासु पदमा कार्यरत पूर्ण सिंह विष्टविरुद्ध विशेष अदालत, काठमाडौमा मुद्धा दायर गरेको हो । 

    विष्टले सरकारी नियुक्तिको लागि एस.एल.सी. तहको झुट्टा नक्कली प्रमाणपत्र पेश गरेको भन्ने उजुरी परेपछि अनुसन्धान गर्दा भारतको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश अन्तर्गतको जी.एन.के. इण्टरमीडियट कलेज, कानपुरबाट हाइस्कुल उत्तीर्ण गरेको भनी झुट्टा प्रमाणपत्र पेश गरेको देखिएको आयोगले जनाएको छ । 

    आयोगले प्रचलित भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी गर्दै मुद्धा दर्ता गरेको छ । 


    प्रतिक्रिया दिनुहोस